हुन्डाईको नयाँ वर्ष लक्षित योजना, ६ लाखसम्म नगद छुट र १० लाखसम्म एक्सचेन्ज बोनस

बिजमाण्डू
२०८० चैत्र १९ गते १२:०८ | Apr 1, 2024
हुन्डाईको नयाँ वर्ष लक्षित योजना, ६ लाखसम्म नगद छुट र १० लाखसम्म एक्सचेन्ज बोनस

काठमाडौं। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष लक्षित योजना ल्याएको छ।

Tata
GBIME
NLIC

‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना सोमबारदेखि लागू भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले हुन्डाई गाडीको खरिदमा ६ लाखसम्म नगद छुट र एक्सचेन्जमा १० लाखसम्म बोनस प्राप्त गर्न सक्ने छन्।

यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको नि:शुल्क बीमा र सवारी करका साथै तुरुन्तै मूल्यांकन र एक्सचेन्ज सुविधा पाउनेछन्।

ग्राहकले स्क्र्याचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध छ।