महानगर प्रहरीमाथि फुटपाथ व्यापारीले नभइ एमाले कार्यकर्ताले आक्रमण गरेको बालेनको आरोप

बिजमाण्डू
२०८० फागुन १९ गते २०:३९ | Mar 2, 2024
महानगर प्रहरीमाथि फुटपाथ व्यापारीले नभइ एमाले कार्यकर्ताले आक्रमण गरेको बालेनको आरोप

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले बुधबार सुन्धारामा भएको प्रदर्शनमा फुटपाथ व्यापारी नभइ नेकपा एमालेका कार्यकर्ता रहेको आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

बुधबार साँझ सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो। आफूहरुले बल प्रयोग नगरेको भन्दै मेयर साहले नगर प्रहरी माथि फुटपाथ व्यवसायीको भेसमा आएका एमाले कार्यकर्ताहरुले रड प्रहार गरेको आरोप लगाएका छन्।

शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै उनले आफूहरुमाथि आक्रमण भएपछि प्रतिरक्षाका लागि बल प्रयोग गरिएको दाबी गरेका हुन्।

‘सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियोको पहिलो भाग सरकारले डिलिट गराएको छ। भिडियोमा देखिएकी महिला फुटपाथ व्यापारी होइन, एमालेको कार्यकर्ता हुन्। घटनामा महानगर प्रहरीले बल प्रयोग गरेर भनेर म्यान्युपुलेट गरिएको छ, त्यो गलत हो,’ साहले इन्स्टाग्राममा लेखेका छन्।

झडपमा महानगर प्रहरीसहित आन्दोलनकारी घाइते भएका थिए। फुटपाथ व्यापारीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको भन्दै आलोचना भइरहेको छ।