नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच क्रसबोर्डर भुक्तानी थाल्न टीओआरमा भयो हस्ताक्षर

बिजमाण्डू
२०८० फागुन ४ गते १३:३६ | Feb 16, 2024
नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच क्रसबोर्डर भुक्तानी थाल्न टीओआरमा भयो हस्ताक्षर

काठमाडौं। नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सुरु गर्ने सम्बन्धमा टर्म्स अफ रिफ्रेन्स (टीओआर) मा हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life

नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई)को इन्टिग्रेसनबाट अन्तरदेशीय कारोबार छिटो तथा सुरक्षित बनाउन दुई देशका केन्द्रीय बैंकबीच बिहीबार सम्झौता भएको हो। सम्झौतासँगै अब नेपाल र भारतबीच हुने क्रसबोर्डर भुक्तानी नियमन गर्ने बाटो खुलेको छ।

नेपाल र भारतबीच रेमिटेन्सको भुक्तानी छिटो र सुलभ दरमा गराउन समझदारी भएको छ। एनपीआई र युपीआईबीचको इन्टिग्रेसनले दुई देशबीचको वित्तीय कनेक्टिभिटी थप मजबुद बन्ने विश्वास गरिएको छ।

नेपाल र भारतबीच कहिलेबाट क्रसबोर्डर भुक्तानी सुरु हुन्छ त्यो भने खुलाइएको छैन।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता भएको थियो। नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का सीईओ नीलेशमान सिंह प्रधान र भारतको तर्फबाट एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड एनआईपीएलका सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका थिए।

दुवै संस्थाले भुक्तानी सुरु गर्नका लागि प्राविधिक परीक्षण गरिरहेका छन्।