पहिलो पटक मौद्रिक नीति समीक्षामा उधारो प्रतिबद्धता, तेस्रोलाई छाडियो परिमार्जनको जिम्मा



बिजमाण्डू
२०८० माघ २९ गते २०:१७ | Feb 12, 2024
पहिलो पटक मौद्रिक नीति समीक्षामा उधारो प्रतिबद्धता, तेस्रोलाई छाडियो परिमार्जनको जिम्मा

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उदारो प्रतिबद्धता जनाएको छ। सोमबार सार्वजनिक चालु वर्षको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले केही उधारा प्रतिबद्धता जनाएको हो।

Tata
GBIME
Zonsen

राष्ट्र बैंकले पछाडि म के गर्छु भनेर अगाडि नै भन्ने गरेको थिएन। यसपाला त्यो अभ्यास गरिएको छ।

बढ्दो तरलता, घट्दो ब्याजदरबिच बैंक आफैँ नीतिगत दरहरू घटाउनुपर्ने दबाबमा थियो। चालु वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा समेत ब्याजदर घटाएको राष्ट्र बैंकलाई अर्धवार्षिक समीक्षामा पनि घटाउनुपर्ने दबाब थियो। किनभने बैंकहरुले फागुनका लागि दिइने ब्याज घटाएको सूचना सोमबार सार्वजनिक गरेका थिए। यसबाहेक पैसा तिरेर बैंकहरुको बढी भएको तरलता तानिरहनुपरेको थियो।

यही दबाबबिच केन्द्रीय बैंकले आगामी तेस्रो त्रैमासिक समीक्षामार्फत नीतिगत दरबारे निर्णय लिने उधारो प्रतिबद्धता जनाएको हो।

बुँदा नम्बर ३९ मा भनिएको छ -पछिल्लो आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ। आन्तरिक आर्थिक गतिविधि एवं मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दा मौद्रिक उपायहरूमा आवश्यकता अनुसार परिमार्जन गरिने छ।