यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालमाथि कालो मसी छ्यापियो, दुईजना फरार

बिजमाण्डू
२०८० माघ २९ गते १२:१४ | Feb 12, 2024
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालमाथि कालो मसी छ्यापियो, दुईजना फरार


काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल माथि दुर्व्यवहार भएको छ। सोमबार बिहान करिब १० बजे महानिर्देशक रिजाल माथि कालो मसी प्रहार भएको हो।

Tata
GBIME
Nepal Life

कार्यालय समयमा विभाग परिसरमै लुकेर बसेका दुई जनाले मसी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। तर, प्रहरीले मसी छ्याप्नेलाई भने नियन्त्रणमा लिएको छैन।

मोहन वैद्य नैतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट कार्यकर्ताले मसी प्रहार गरेको खुलेको छ।

महानिर्देशक रिजाल नक्कली सवारी अनुमति प्रकरणमा विवादस्पद व्यक्ति हुन्।