सुनको कारोबार मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँमा स्थिर, चाँदीमा झिनो बढोत्तरी  

बिजमाण्डू
२०८० माघ २९ गते ११:३२ | Feb 12, 2024
सुनको कारोबार मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँमा स्थिर, चाँदीमा झिनो बढोत्तरी  


काठमाडौं। साताको दोस्रो दिन सुन प्रति तोला १ लाख १८ हजार रुपैयाँमा स्थिर छ भने चाँदी तोलामा ५ रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

गत शुक्रबारका तुलनामा तोलामा ५ सय घटेर सुन आइतबार उक्त मूल्यमा आइपुगेको हो। गत शुक्रबार तोलाको १ लाख १८ हजार ५ सय र बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँ थियो।   

चाँदी तोलाको १३ सय ९५ रुपैयाँ भएको छ। गत शुक्रबार कायम १३ सय ९० रुपैयाँमा आइतबार पनि स्थिर रहेर कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार २० रुपैयाँको बढोत्तरी थियो।    

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २०२३.६५ डलरले कारोबार भइरहेको छ। आइतबार प्रति औंस २०२४.४९ डलर थियो। सामान्य बढोत्तरीसँगै चाँदी २२.७४ डलर छ। आइतबार २२.६१ डलर थियो।