काठमाडौं। नेपाली क्रिकेट टोलीले क्यानडाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। नेपालको टोलीमा आज चारवटा परिवर्तन छन् भने क्यानडाको तीन परिवर्तन छन्।
आजको खेलबाट हेमन्त धामीले नेपाली टोलीमा डेब्यु गर्दैछन्। आजको खेलमा आशिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल बेन्चमा रहनेछन्।
अघिल्लो खेल खेलेका कुशल भुर्तेलले प्लेइङ ११ मा स्थान बनाउँदा आशिफ शेख बेन्चमा पुगेका हुन्। आजको खेलमा विकेट किपिङ र ओपनिङमा अनिलकुमार साहले जिम्मेवारी पाउने छन्।
लगातार दुई खेलमा जित निकालेसँगै नेपालले सिरिज जितिसकेको छ। आजको खेलमा नेपाललाई क्लिनस्विपको अवसर हुनेछ भने क्यानडा सान्त्वना जितको खोजीमा हुनेछ।
नेपालको प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, देव खनाल, आकाश चन्द, हेमन्त धामी, ललित राजबंशी