वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै ५ लाख ठगी गर्ने एक जना पक्राउ

बिजमाण्डू
२०८० माघ २६ गते १७:४६ | Feb 9, 2024
वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै ५ लाख ठगी गर्ने एक जना पक्राउ


काठमाडौं। वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ५ लाख रुपैयाँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१४ घर भई हाल काठमाडौं महानगरपालिका-३२ शान्तिनगर बस्ने धीरज पटेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटक-पटक गरी ५ लाख लिइ सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौँ।’

पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। रासस