स्पा संघ नेपालको अध्यक्षमा पुरी सर्वसम्मत, व्यवसायलाई मर्यादित बनाउने बाचा

बिजमाण्डू
२०८० माघ २५ गते १८:४८ | Feb 8, 2024
स्पा संघ नेपालको अध्यक्षमा पुरी सर्वसम्मत, व्यवसायलाई मर्यादित बनाउने बाचा


काठमाडौं। स्पा संघ नेपालको अध्यक्षमा सुरेश पुरी सर्वसम्मत निर्वाचित भएका छन्। संघको बिहिबार काठमाडौंमा भएको तेस्रो साधारण सभाबाट पुरी अध्यक्षमा निर्वाचित भएका हुन्।

Tata
GBIME
Nepal Life

उनले स्पा व्यवसायलाई थप मर्यादित बनाउने प्रतिवद्धता जनाएका छन्। उनी ट्रयांक्विलिटी स्पाका सञ्चालक हुन्।

संघको उपाध्यक्षमा नमस्ते स्पाका विनोद श्रेष्ठ, महासचिवमा नेक्टर स्पाका अमृत थोकर, सचिवमा जेन स्पाका रामदेव महतो र कोषाध्यक्षमा किन्जिला स्पाका कैलाशसिंह थारु निर्वाचित भएका छन्।

सदस्यमा नौ जना निर्वाचित भएको संघले जनाएको छ।