काठमाडौं। रेमिटेन्स २५.३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष ६ महिनामा पोहोरको सोही अवधिको तुलनामा रेमिटेन्स २५.३ प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष पुससम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पुस महिनाामा मात्र करिब १ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको हो।
पोहोर ६ महिनामा रेमिटेन्सको वृद्धिदर २४.३ प्रतिशत थियो। पोहोरको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ।
यो वर्ष ६ महिनामा वैदेशिक रोजगारीका लागि २ लाख ७ हजार ९७० जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ३५ हजार ४३५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यो संख्या पोहोर ६ महिनामा अन्तिम श्रम स्वीकृतितर्फ २ लाख ७५ हजार ६४३ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ४२ हजार ५४८ थियो ।