एनसेल र सामसङ नेपालबीच साझेदारी, ग्यालेक्सी एस२४ अग्रिम बुकिङ गर्नेलाई विशेष सुविधा



बिजमाण्डू
२०८० माघ १० गते ११:५८ | Jan 24, 2024
एनसेल र सामसङ नेपालबीच साझेदारी, ग्यालेक्सी एस२४ अग्रिम बुकिङ गर्नेलाई विशेष सुविधा

काठमाडौं। एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा बन्डलिङ सेवा उपलब्ध गराउन साझेदारी भएको छ। साझेदारीअन्तर्गत एस२४ सिरिज स्मार्टफोन किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन्।

Tata
GBIME
Zonsen

सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने एनसेलले जनाएको छ।

एनसेलका कमर्सियल अफिसर प्रमुख उमेर मोहसिनले भने- ‘ग्यालेक्सी एस२४ सिरिज सबैभन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं। नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ संभावनाहरु पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौं।’

सामसङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेको कम्पनीले जनाएको छ।

यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधाहरु प्रदान गर्छ। यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ र यो डिभाइस टाइटेनियमबाट बनेकोले एकदमै बलियो रहेको दाबी सामसङको छ।

एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन्। ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइट वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। माघ २३ गतेसम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहार समेत पाउने छन्।