सिटिजन्स बैंकले बाँड्यो न्यानो कपडा, दुई विद्यालयका २८१ विद्यार्थी लाभान्वित

बिजमाण्डू
२०८० माघ ४ गते १३:२९ | Jan 18, 2024
सिटिजन्स बैंकले बाँड्यो न्यानो कपडा, दुई विद्यालयका २८१ विद्यार्थी लाभान्वित


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। बैंकले दुई वटा विद्यालयका २८१ विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको हो।

Tata
GBIME
Nepal Life

उदयपुरको चौदण्डीगढी नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालयका १९१ र बुटवलको मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० विद्यार्थीलाई कपडा प्रदान गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

विपन्न परिवारका बालबालिका अध्ययनरत भएकाले ती दुई विद्यालय छानिएको बैंकले जनाएको छ।