‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक, लकर सुविधामा ५०% प्रतिशतसम्म छुट



बिजमाण्डू
२०८० माघ २ गते १९:४४ | Jan 16, 2024
‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक, लकर सुविधामा ५०% प्रतिशतसम्म छुट

काठमाडौं। गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ।

Tata
GBIME
Zonsen

यो खातामा ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयर र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ।

ग्राहकले न्यूनतम १ हजार रुपैयाँमा खाता खोल्न सक्नेछन्। खातामा पहिलो बर्षका लागि मोबाइल बैंकिङ, वेभ बैंकिङ, एटीएम र सि-आस्वा नि:शुल्क हुने बैंकले जनाएको छ।

यस्तै ग्राहकले डिम्याट र मेरो सेयर खाता नि:शुल्क चलाउन पाउनेछन्। लकर सुविधामा ५० % प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ। ग्राहकले बैंकका कुनै पनि शाखामा खाता खोल्न सक्नेछन्।