बुधबारभित्र टिकटक बन्द नगरे ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

बिजमाण्डू
२०८० मंसिर १३ गते ०९:०३ | Nov 29, 2023
बुधबारभित्र टिकटक बन्द नगरे ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले बुधबार भित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।

Tata
GBIME
NLIC

सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै टिकटकलाई तत्काल बन्द गर्ने निर्णय गरेको थियो।

बन्द गर्ने निर्णयसँगै नियामक प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। तर, हालसम्म विभिन्न ५५ वटा सेवा प्रदायकहरुले टिकटक बन्द गरेको छ वा छैन भन्ने बारे जानकारी नपाएकाले बुधबार भित्र गराउन निर्देशन दिएको हो।

५५ इन्टरनेट सेवा प्रदायकहरुको सूची