गृह मन्त्रालयको सुधारका लागि के के गर्नुपर्छ? लीलामणि पौडेलको नेतृत्वमा अध्ययन समिति गठन

बिजमाण्डू
२०८० मंसिर ४ गते १३:२१ | Nov 20, 2023
गृह मन्त्रालयको सुधारका लागि के के गर्नुपर्छ? लीलामणि पौडेलको नेतृत्वमा अध्ययन समिति गठन


काठमाडौं। गृह मन्त्रालयले गृह सुधार योजनाअन्तर्गत पूर्व मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा एक अध्ययन समिति गठन गरेको छ।

Tata
GBIME

पूर्व राजदूतसमेत रहेका पौडेलको नेतृत्वमा गृह मन्त्रालयको काम प्रभावकारी बनाउन र संरचनागत सुधार गर्ने बारेमा अध्ययनका लागि मुख्य समिति गठन गरिएको हो। सो समितिमा पूर्व सचिव शरदचन्द्र पौडेल, पूर्वसचिव शंकरप्रसाद कोइराला, प्राध्यापक डा खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायत सदस्य छन्।

यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन र विपद् न्यूनीकरणको विषय हेर्न पनि छुट्टै उपसमिति गठन गरिएको छ।

गठन भएका समिति एवम् उपसमितिलाई गृह मन्त्रालयको काम प्रभावकारी बनाउनका लागि गर्नुपर्ने काम अध्ययन गरि प्रतिवेदन बझाउन ३ महिनाको समय दिइएको छ।

गृह मन्त्री नारायणकाजी श्रेष्ठले सबै समितिका सदस्यलाई बोलाएर सोमबार बिफ्रिङ गरेका थिए। ३ महिनामा समितिले बनाएको प्रतिवेदन कार्यान्वयनमा ल्याउने उनले बताए।

‘यसअघि पनि समिति गठन हुन्थे। तर प्रतिवेदन कार्यान्वयन हुँदैनथ्यो। तर‚ यसपटक भने प्रतिवेदन एक्सनमा जान्छ,’ श्रेष्ठले ब्रिफिङका क्रममा भने।