नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा एमालेको कार्यक्रम, अरु दललाई पनि निम्ता

बिजमाण्डू
२०८० भदौ २९ गते १५:३८ | Sep 15, 2023
नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा एमालेको  कार्यक्रम, अरु दललाई पनि निम्ता


काठमाडौं। नेकपा एमालेले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ। ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको हो।

Tata
GBIME

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नेम्वाङको स्मृतिमा सबै दलका नेताको उपस्थितिमा गोष्ठी गर्ने गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ।

पार्टी कार्यालय च्यासलमा गरिने गोष्ठीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टी उपाध्यक्ष जाने विभागले जनाएको छ।