जनकपुर उडेको बुद्धको एउटा जहाजमा प्राविधिक समस्या, फर्काएर यात्रुलाई अर्कोमा पठाइयो



बिजमाण्डू
२०८० भदौ १३ गते १२:०७ | Aug 30, 2023
जनकपुर उडेको बुद्धको एउटा जहाजमा प्राविधिक समस्या, फर्काएर यात्रुलाई अर्कोमा पठाइयो

काठमाडौं। काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एउटा जहाजमा बुधबार प्राविधिक समस्या आएपछि फर्काएर यात्रुलाई अर्को जहाजमा पठाइएको छ। नाइन एन-एजेओ कलसाइनको प्राविधिक समस्या आएको जहाजमा एमाले नेता ईश्वर पोखरेलसहित ६८ यात्रु सवार थिए।

Tata
GBIME
Zonsen

जहाजमा समस्या आएपछि उक्त जहाजलाई फर्काएर काठमाडौं अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।    

‘जहाज ४० नटिकल माइल पुगेर पुनः काठमाडौं अवतरण भएको हो। त्यस लगत्तै कम्पनीले यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर जनकपुर पठाएको छ,’ त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भने,’अहिले त्यो जहाजको निरीक्षण भइरहेको छ।’

विभिन्न गन्तव्यमा दैनिक १५० उडान-अवतरण गर्दै आएको कम्पनीका कुनै जहाजमा प्राविधिक समस्या आउनु अनौठो घटना नभएको उनले बताए। आकलझुकल समस्या आउनु स्वाभाविक भएको उनको भनाइ छ। कम्पनीले यस्तो अवस्थामा आफ्नोतर्फबाट सतर्कता अपनाउँदै आएको उनले बताए।