इन्जिनियरिङ क्याम्पसमा शुल्क वृद्धिको विरोध

रोजन श्रेष्ठ
२०८० भदौ १२ गते १३:०१ | Aug 29, 2023
इन्जिनियरिङ क्याम्पसमा शुल्क वृद्धिको विरोध


काठमाडौं। कांग्रेसनिकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डीन शशिधरराम जोशीको कार्यकक्ष परिसरमा मंगलबार प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन भएको हो।

Tata
GBIME

विद्यार्थीले बोकेको डीन जोशीको पुत्ला पुल्चोक क्याम्पसबाहिर प्रहरीले खोसेको थियो । आईओईले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नेविसंघका पुल्चोक क्याम्पस इकाई सभापति तथा सिभिल इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थी सुलभ चापागाईं आमरण अनशनमा छन्।

८ दिनदेखि अनशनमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार राति वीर अस्पतालमा भर्ना गरिएको छ।

इन्जिनियरिङ डिन कार्यालयसँग सबै विद्यार्थी संगठनले शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन्। स्नातक इन्जिनियरिङको शिक्षण शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ।