आजको मौसम : दिनभर वर्षाको सम्भावना, यी प्रदेशमा हावाहुरी पनि चल्न सक्ने

बिजमाण्डू
२०८० भदौ १० गते ०६:१० | Aug 27, 2023
आजको मौसम : दिनभर वर्षाको सम्भावना, यी प्रदेशमा हावाहुरी पनि चल्न सक्ने


काठमाडौं । आइतबार बिहान कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

कोशी प्रदेशका अहिले केही स्थानहरुमा तथा मधेश र  बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम बलुटिनमा उल्लेख छ। साथै, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

आज राती कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।