आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

बिजमाण्डू
२०८० साउन १४ गते ०६:२४ | Jul 30, 2023
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं। आइतबार बिहान देशका अधिकांश स्थानमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको र कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भू-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।

यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।