हिजो भेटिएको सुन कति तोला? आठवटा बक्सामा राखेर जोख्न पुर्‍याइयो टक्सार महाशाखा

बिजमाण्डू
२०८० साउन ४ गते १४:२५ | Jul 20, 2023
हिजो भेटिएको सुन कति तोला? आठवटा बक्सामा राखेर जोख्न पुर्‍याइयो टक्सार महाशाखा


काठमाडौं।  बुधवार राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको सुनलाई बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा)मा पुर्‍याइएको छ।

Tata
GBIME
Nepal Life

एक अर्बभन्दा बढी मूल्य पर्ने सुन जोख्न राजस्व विभागका कर्मचारीहरु सुन लिएर महाशाखा पुगेका हुन्। ‘ब्रेक सु’ मै रहेको सुनलाई ८ वटा बक्सामा राखेर विभागमा ल्याइएको हो।

राजस्व अनुसन्धान विभागको टोलीले बुधबार दिउँसो ३ बजे अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको थियो। सुन करिब १०० तोला रहेको भनिए पनि यकिन हुन सकेको छैन। त्यसैले सुन जोख्न टक्सार पुर्‍याइएको हो।

सुन हङकङबाट नेपाल ल्याइएको हो। क्याथे प्यासिफिकको मंगलबार राति १० बजेर २ मिनेटमा अवतरण भएको जहाजबाट सुन ल्याइएको थियो। यस प्रकरणमा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइएको छ।