बिहीबार ७ ब्रोकर कम्पनीले पाए नयाँ सदस्यता नम्बर, कसले कतिबाट कारोबार गर्छ ?

बिजमाण्डू
२०८० असार २१ गते १६:२२ | Jul 6, 2023
बिहीबार ७ ब्रोकर कम्पनीले पाए नयाँ सदस्यता नम्बर, कसले कतिबाट कारोबार गर्छ ?


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ वटा ब्रोकर कम्पनीहरुलाई सदस्यता प्रदान गरेको छ। बिहीबार पूर्वाधार निरीक्षण सकिएका ७ वटा ब्रोकर कम्पनीहरुलाई नेप्सेले सदस्यता प्रदान गरेको हो।

Tata
GBIME

नेप्सेले भोला गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, सन् सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी बिजवार्डलाई नेप्सेले पहिलो चरणमा सदस्यता प्रदान गरेको छ।

यी कम्पनीहरु मध्ये भोला गणेशले ६१, क्यापिटल म्याक्सले ६२, हिमालयनले ६३, सन् सेक्युरिटिजले ६४, सेयरप्रोले ६५, मियो सेक्युरिटिजले ६६ र प्रोपर्टी बिजवार्डले ६७ सदस्यता नम्बर (ब्रोकर नम्बर) पाएको नेप्सेले जनाएको छ।

नयाँ ब्रोकर कम्पनीहरुले असार भित्रैबाट सेवा संचालन गर्ने बताएका छन्।

नेप्सेको बुधबार बसेको संचालक समितिको बैठकको निर्णयले प्रक्रिया पुगेका कम्पनीहरुलाई सदस्यता दिने निर्णय गरेको थियो। संचालक सिमितिले निर्णय गरेको भोलिपल्टै नेप्सेले नयाँ सदस्यता प्रदान गरेको हो।