नीति तथा कार्यक्रम: विकास आयोजनामा दुई सिफ्टमा काम, राष्ट्रिय यातायात नीति बनाइने

बिजमाण्डू
२०८० जेठ ५ गते १७:११ | May 19, 2023
नीति तथा कार्यक्रम: विकास आयोजनामा दुई सिफ्टमा काम, राष्ट्रिय यातायात नीति बनाइने


काठमाडौं। विकासका आयोजनामा दुई सिफ्टमा काम गर्न पाउने व्यवस्था गरिने भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रेल, सडक,हवाइमार्ग लगायतलाई एकीकृत गर्न राष्ट्रिय यातायात नीति तर्जुमा गर्न लागिएको बताए। उनका अनुसार सरकारले

व्यापारिक तथा रणनीतिक  सडक निर्माणलाई प्राथमिकता दिएको छ।

पूर्व पश्चिम राजमार्ग विस्तार गरिनेछ। आगामी वर्ष  हुम्लालालाई सडक संजालमा जोड्ने लक्ष्य लिएको छ। महाकाली करिडोर प्राथमिकता राखिएको पौडेलले बताए।

२०८३ सम्म काठमाडौं-तराइ/मधेश द्रुतमार्ग आयोजना पुरा गर्ने नीति लिइएको छ। बाढीले क्षति पूर्याएका सडक पुनर्स्थापना  प्राथमिकतामा राखिएको छ।  

सरकारले नीति तथा कार्यक्रमा मार्फत ३ वर्षमा सबै स्थानीय तहको केन्द्रलाइ सम्बन्धि प्रदेश केन्द्रको राजमार्गसंग  जोडिने बताए।