टेम्पल टाइगर रिसोर्टको नयाँ वर्ष प्याकेज, १४ हजार रुपैयाँमा यो सुविधा पाइन्छ



२०७९ चैत्र २ गते १५:१६
टेम्पल टाइगर रिसोर्टको नयाँ वर्ष प्याकेज, १४ हजार रुपैयाँमा यो सुविधा पाइन्छ


काठमाडौं। चितवन अमलटारीस्थित टेम्पल टाइगर ग्रीन रिसोर्टले नयाँ वर्ष २०८० लक्षित आकर्षक प्याकेज सार्वजनिक गरेको छ। १४ हजार रुपैयाँको कपल (जोडी) प्याकेज एक रात दुई दिनको रहने रिसोर्टले जनाएको छ।

TATA
GBIME

यसअघि ३० हजार रुपैयाँ पर्ने यो प्याकेज रिसोर्टले आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै आकर्षक प्याकेज सार्वजनिक गरेको प्रशासन प्रबन्धक राजेन्द्रकुमार महर्जनले बताए। पाहुनाले आफ्नो इच्छा अनुसार प्याकेज कस्टुमाइज गर्न सक्ने उनले जानकारी दिए।  

उनका अनुसार यो प्याकेजअन्तर्गत पाहुनाले बेड, ब्रेकफास्ट, बार्बिक्यु सहितको डिनर, जीप सफारी, फ्री स्वीमिङ लगायतको सेवा लिन सक्छन्। रिसोर्टले बफर जोनमा जीप सफारी गराउने उनले जानकारी दिए।


Sunrise Bank