पेप्सीसहितका सफ्ट ड्रिंक उत्पादक वरुण बेभरेजको कारोबार ८ अर्ब नाघ्यो, ९०% माउन्टेन ड्यूबाट

बिजमाण्डू
२०७९ फागुन १७ गते १२:५४ | Mar 1, 2023
पेप्सीसहितका सफ्ट ड्रिंक उत्पादक वरुण बेभरेजको कारोबार ८ अर्ब नाघ्यो, ९०% माउन्टेन ड्यूबाट

काठमाडौं। पेप्सीलगायतका पेय पदार्थ उत्पादन गर्ने वरुण बेभरेज (नेपाल) प्रालिले ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२१/२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ को तुलनामा यो २३ प्रतिशतको वृद्धि हो। कम्पनी २०२०/२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो।

२०१९/२० मा ५ अर्ब १४ करोड १० लाख रुपैयाँ र २०१८/१९ मा ६ अर्ब ८७ करोड ७० लाख रुपैयाँ व्यापार गरेको थियो।कम्पनीले पेप्सीसँगै माउन्टेन ड्यू, स्लाइस, मिरिन्डा, सेभेन-अप, एक्वाफिना, सोडा र स्टिङ ब्राण्डमा पेय पदार्थहरु उत्पादन गरी बिक्री गर्छ। वरुण बेभरेजमा वरुण बेभरेजेज लिमिटेड, इन्डियाको शतप्रतिशत स्वामित्व छ।

कम्पनीले कुल कारोबारको ८५-९० प्रतिशत आम्दानी माउन्टेन ड्यूबाट गर्छ। २०२२ मा वरुणको बजार हिस्सा ३९ प्रतिशत छ। अघिल्लो वर्षहरुमा यो ४३-४५ प्रतिशत रहेको रेटिङ विवरणमा उल्लेख छ। कोकाकोलासँगको मुख्य प्रतिस्पर्धाका कारण कम्पनीको सेयर हिस्सा घटेको देखिन्छ।

त्यसैगरी, २०२२ मा कारोबारको ४३ प्रतिशत हिस्सा कम्पनीले कच्चा पदार्थमा खर्चिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेय पदार्थ उत्पादनलाई आवश्यक कच्चा पदार्थको मूल्यवृद्धि हुँदा कम्पनीको खर्च बढेको छ। विगतका वर्षहरुमा कारोबारको ३७-१९ प्रतिशत हिस्सा मात्रै कच्चा पदार्थमा खर्च हुँदै आएको थियो।

कम्पनीको फ्याक्ट्री काठमाडौंको पेप्सीकोला र नवलपरासीमा छ।