पारामाउन्ट मोटर्सले ल्यायो नयाँ ब्रान्ड म्याक्ससको युरोपियन प्रिमियम पिक-अप, सुरुवाती मूल्य ५०.४९ लाख  

बिजमाण्डू
२०७९ माघ २२ गते १४:३८ | Feb 5, 2023
पारामाउन्ट मोटर्सले ल्यायो नयाँ ब्रान्ड म्याक्ससको युरोपियन प्रिमियम पिक-अप, सुरुवाती मूल्य ५०.४९ लाख  

काठमाडौं। पारामाउन्ट मोटर्सले नेपाली बजारमा नयाँ ब्रान्ड म्याक्ससको युरोपियन पिक-अप औपचारिक रुपमा भित्र्याएको छ। कम्पनीले आइतबार नक्सालमा नयाँ शोरुमसँगै यो ब्रान्डको गाडी पनि औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले म्याक्सस टी ६०, टी ७० पिक-अप र भी ८० कार्गो भ्यान ल्याएको छ। यसका साथै कम्पनीले गाडीको मूल्य पनि सार्वजनिक गरेको छ।

यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि समावेश गरिएको छ। यसले ३६०-३७५ एनएम पीक टर्क उत्पादन गर्छ। यसमा २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ।

यी गाडीहरूले अहिलेको ड्राइभिङ अनुभवका मागहरू पूरा गर्न सक्ने कम्पनीको भनाइ छ। म्याक्सस टी ६० को मल्य ७७ लाख ९९ हजार, टी ७० को ६८ लाख ४९ हजार र भी ८० कार्गो भ्यानको मूल्य ५० लाख ४९ हजार रहेको छ।

म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस- स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन-सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता उत्कृष्ट फिचरहरू रहेका छन्।

मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस सेगमेन्टका गाडीमा सबैभन्दा लामो र चौडा गाडी रहेको कम्पनीले जनाएको छ। म्याक्सस टी ६० र टी ७० मा लकिङ डिफरेन्सियलहरू पनि छन्। जसले यी गाडीहरूको अफरोड क्षमतालाई बलियो र सुरक्षित बनाउँछ।

यसमा ३१५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स उपलब्ध छ। यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार सुरक्षाको हिसावले टी ६० गाडी निकै सुरक्षित रहेको छ।

यसले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको छ। यस पिकअपमा ४ वटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिव्यूसन ( ईबीडी) सहितको एवीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा छन्।

म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको-डी २.५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। बोशको इन्टरकुल्ड, इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३३० टर्क उत्पादन गर्दछ। जुन ढुवानी र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ।