थपिएको १ लाख ८० हजार कित्तासहित शुभम पावरको आइपीओ आजदेखि बिक्री खुल्यो

बिजमाण्डू
२०७९ माघ १८ गते ०९:४१ | Feb 1, 2023
थपिएको १ लाख ८० हजार कित्तासहित शुभम पावरको आइपीओ आजदेखि बिक्री खुल्यो

काठमाडौं। शुभम पावर लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा गएकालाई आजबाट आइपीओ बिक्री खुलाएको छ।

Tata
GBIME
Nepal Life

सर्वसाधारणलाई कुल ५ लाख ८० हजार ५८० कित्ता आइपीओ जारी हुँदैछ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा जाने पाउनेछन्। उनीहरुलाई कुल ५८ हजार ५८ कित्ता छुट्याएको छ।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तामा लागि आवेदन दिन सकिनेछ। आवेदन छिटोमा माघ २२ गते बन्द हुँदैछ। पर्याप्त आवेदन नआए फागुन ३ गतेसम्म लम्बिने जनाएको छ।

आयोजना प्रभावितहरुले आरक्षित १ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओमा आवेदन नदिएपछि सो सेयर पनि सर्वसाधारणको भागमा राखिएको जनाएको छ। यसअघि सर्वसाधारणको भागमा ४ लाख कित्ता छुट्याइएको थियो।