एनआइसी एशिया लघुवित्तको नाफासँगै घट्यो प्रति सेयर आम्दानी, ब्याज आम्दानी पनि घट्यो

बिजमाण्डू
२०७९ माघ १७ गते १३:४५ | Jan 31, 2023
एनआइसी एशिया लघुवित्तको नाफासँगै घट्यो प्रति सेयर आम्दानी, ब्याज आम्दानी पनि घट्यो

काठमाडौं। एनआइसी एशिया लघुवित्तको नाफा घटेको छ। समीक्षा अवधिमा लघुवित्तले आर्जन गरेको खुद ब्याज आम्दानीमा आएको गिरावट र खर्चमा भएको बढोत्तरीका कारण नाफा घटेको बताइएको छ। यसका साथै लघुवित्तले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्तका सबैजसो सूचक नकारात्मक छन्।  

Tata
GBIME
Nepal Life

लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १४ करोड ९२ लाख बढी खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतले कम हो। गत वर्ष पुस मसान्तसम्म लघुवित्तले खुद नाफा बापत ३९ करोड १३ लाख आर्जन गरेको थियो।

समीक्षा अवधीभर लघुवित्तले खुद ब्याज आम्दानी पनि ३५ प्रतिशतले घटेको छ। यस अवधिसम्म लघुवित्तले खुद ब्याज आम्दानी बापत ५४ करोड ७६ लाख आर्जन गरेको छ।

यस्तै, गत वर्षको तुलनामा लघुवित्तको खुद फी कमिसन पनि ६९ प्रतिशतले घटेको छ। यस अवधिमा लघुवित्तले ५ करोड ९३ लाख मात्र आर्जन गरेको छ। गत वर्ष कम्पनीले खुद फी कमिसन बापत १९ करवड ३६ लाख आर्जन गरेको थियो।

पुस मसान्तसम्म लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड र जगेडा कोषमा ५६ करोड छ। वित्तीय विवरण अनुसार लघुवित्तको कर्मचारी खर्च ३८ प्रतिशत र निष्क्रिय कर्जा अनुपात १८ प्रतिशतले बढेको छ।

लघुवित्तको प्रति सेयर आम्दानी ५८ प्रतिशतले घटेको छ भने प्रति सेयर नेटवर्थ पनि ८ प्रतिशतले घटेको छ।