‘सनराइज फोकस्ड इक्विटी फन्ड’ मा लगानी गर्दा वार्षिक कति पाइन्छ प्रतिफल ?

बिजमाण्डू
२०७९ माघ १६ गते ०९:५६ | Jan 30, 2023
‘सनराइज फोकस्ड इक्विटी फन्ड’ मा लगानी गर्दा वार्षिक कति पाइन्छ प्रतिफल ?

काठमाडौं। सनराइज क्यापिटलले सनराइज म्युचुअल फन्ड अन्तर्गतको ‘सनराइज फोकस्ड इक्विटी फन्ड’ को बिक्री खुलेको छ।

Tata
GBIME
Nepal Life

पाँच दिनअघि बिक्री खुलेको यो योजनामा हालसम्म १९ हजार ७८३ जनाले १ करोड ४१ लाख ३७ हजार ९७० इकाइका लागि आवेदन दिइसकेका छन्। यो योजनामा माघ २४ सम्मका लागि आवेदन दिन सकिन्छ।

योजनाको कोष प्रवर्द्धकमा सनराइज बैंक तथा योजना व्यवस्थापकमा सनराइज क्यापिटल रहेको छ।

योजना अन्तर्गत १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ निष्कासन गर्न लागिएको छ।

जसमध्ये १५ प्रतिशतले इकाइ कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित राखेर बाँकी रहेको १० करोड २० लाख इकाइमा सर्वसाधरणमा बिक्री खुलाइएको हो

योजनाको परिपक्क अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहने छ।

यो म्युचुअल फन्ड वापत् उठेको रकमलाई कम्पनीले उच्च प्रतिफल प्रदान गर्न सक्ने ३० वटा कम्पनीका सेयरमा लगानी गर्छ।

पुँजी बजारमा आउने गतिशीलताको वृहत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरि सूचीकृत कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरेर लगानी गर्ने कम्पनीले जनाएको छ।

क्यापिटलका अनुसार यो फण्डले औसतमा वार्षिक २९.६६ प्रतिशत प्रतिफल दिने उदेश्य लिएको छ ।

योजनाले वित्तीय प्रक्षेपणको क्रममा संकलन हुने रकमलाई इक्विटी, स्थिर आय उपकरण तथा कल बैंक खातामा क्रमशः ८५, १० तथा ५ प्रतिशत लगानी गर्ने अनुमान गरिएको छ ।