‘नेपाल-भारत स्टार्टअप कनेक्टः हामीसँगै काम गर्न सक्छौं’

बिजमाण्डू
२०७९ माघ १४ गते ०९:२० | Jan 28, 2023
‘नेपाल-भारत स्टार्टअप कनेक्टः हामीसँगै काम गर्न सक्छौं’


नेपाल-भारत मिलेर काम गर्न सक्ने क्षेत्र स्टार्टअप पनि हो। दुवै मुलुकको अर्थतन्त्रले स्टार्टअप क्षेत्रको विकास लागि सँगै काम गर्न सक्छन्। म सुरुवातमा भारतमा स्टार्टअप इकोसिस्टमको उत्पत्तिको बारेमा कुरा गर्छु। इकोसिस्टमको निर्माण गर्दाको भिजन के थियो।

Tata
GBIME
Nepal Life

सन् २०१६ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट नै स्टार्टअप इन्डियाको जग हालिएको थियो। उनले आफ्नो भाषणमा भनेका थिए कि ‘म भारतलाई विश्वको सबैभन्दा ठूलो स्टार्टअप इकोसिस्टमको रूपमा स्थापित गर्न चाहन्छु।’

त्यतिबेला, संसारको यस भागमा धेरै कम मानिसहरूले स्टार्टअपको बारेमा कुरा गरिरहेका थिए। र, उनले सन् २०१६ मा नै आगामी दशकको अर्थतन्त्रमा क्रान्तिकारी शक्तिको रूपमा स्टार्टअपहरूलाई वर्णन गर्ने गर्थे।

यसबाहेक, मोदीले भारतमा यी स्टार्टअपहरू निर्माण गर्न सुरु गरौं भनेर सबै आग्रह गरे। र, यसका लागि हामीले त्यसै वर्ष १९  बुँदे कार्य योजना ल्यायौं। हाल यो विगतको कुरा भइसकेको छ, तर यो त्यो जग हो जसमा हामीले विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम निर्माण गर्‍यौं।

स्टार्टअप इन्डियाको लागि पहिलो स्तम्भ भने सरलीकरण र ह्‍यान्डहोल्डिङ, फण्डिङ सपोर्ट र इन्सेन्टिभ र उद्योग-शिक्षा साझेदारी र इन्क्युबेसन थियो।

स्टार्टअप सम्बन्धि कुनै पनि सरकारी नीति रोल गर्नका लागि यी तीन सबैभन्दा महत्त्वपूर्ण उत्प्रेरक हुनेछन् भनेर परिकल्पना गरिएको थियो। त्यसै अनुसार, हामीले कार्ययोजना (एक्सन प्लान) लिएर आयौं, जसले तीन चीजहरू प्रमाणित गर्नेछ। 

पहिलो, स्टार्टअपहरूको बारेमा व्यापक रूपमा चर्चा गर्नु थियो। हामीले उद्योग, एकेडेमिया (स्कूल, कलेज) लगायतको क्षेत्रमा स्टार्टअपको बारेमा कुरा गर्न थाल्यौं। यसले केही गति लिन थाल्यो।

दोस्रो, हामीले फन्डिङ इनिसिएटिभ तथा इन्सेन्टिभहरूको बारेमा कुरा गर्न थाल्यौं, जसले मानिसहरूलाई स्टार्टअपहरूमा विश्वास गर्न तथा स्टार्टअपहरूमा पनि भविष्य र करियर छ भन्ने विश्वास गराउन मद्दत गर्‍यो।

र, तेस्रो, हामीले स्टार्टअपहरूलाई नियमन गर्न थाल्यौं। त्यस बेला स्टार्टअपको चर्चा परिचर्चा सिलिकन भ्याली तथा संसारको एकाध ठाँउमा सीमित थियो। त्यो समयमा भारतले स्टार्टअपको परिभाषा लिएर आयौं, हामीले स्टार्टअपहरू पहिचान गर्ने र दर्ता गर्ने प्रक्रिया निकै सरल पनि बनायौं।

स्टार्टअप इन्डियाले कुनै पनि सीमित दायित्व साझेदारी, दर्ता साझेदारी भएका प्राइभेट लिमिटेड कम्पनी, १० वर्ष नकटेको, कुनै पनि आर्थिक वर्षमा १०० करोड कारोबार नकटेको तथा इनोभेटिभ प्रविधिमा आधारित  स्केल गर्न मिल्ने साथै रोजगार तथा धन सृजना गर्ने कम्पनीलाई ‘स्टार्टअप’को रूपमा परिभाषित गरेको छ। 

स्टार्टअप चलाउन सक्षम छु भन्नेहरू जोकोहीलाई पनि यस कार्यक्रममा सामेल हुन हामी स्वागत गर्दछौं। यसका लागि स्टार्टअप गरिरहेका तथा कुनै पनि नवीनतम बिजनेस आइडिया भएकाहरूले धेरै सरल र सिधा अनलाइन भर्न र केही कागजात पेस गर्नुपर्ने हुन्छ। 

त्यति गरेपछि, उनीहरू मान्यता प्राप्त स्टार्टअप हुन्छन्। र, यो मान्यताको साथ, उनीहरूले भारत सरकारले भारतमा स्टार्टअपहरूका लागि रोल आउट गरेको सम्पूर्ण प्रकारका फाइदाहरूका लागि योग्य हुनुहुनेछ। 

यसमा सजिलो सार्वजनिक खरिद मापदण्डहरू, फन्डिङ इनिसिएटिभ तथा इन्सेनटिभहरूमा पहुँच, स्टार्टअप प्याटेन्ट आवेदन र आईपीआर आवेदन, कर छुट, एन्जिल करबाट छुट,  स्टार्टअपहरूको १० हजार करोड भारूको फण्ड अफ फण्डस र ९४५ करोडको सीड फण्ड जस्ता फाइदाहरू समावेश छन्। र, अब हामीले यी नीतिहरूमार्फत स्टार्टअपहरूलाई सेवा पुर्‍याउँदै छौँ।

आइडीएसनदेखि स्केल गर्ने स्टेजसम्म पुग्न स्टार्टअपले विभिन्न चरण तथा चुनौतीहरू पार गर्नु पर्छ। चरण परिवर्तन भए अनुसार उनीहरूको आवश्यकता परिवर्तन हुन्छ, स्टार्टअपले उद्योगमा आफूलाई स्थापित गर्न वा स्थापित गर्न चाहने तरिका परिवर्तन हुन्छ। यी चरणहरूमा भारत सरकारको सहयोगमा स्टार्टअप इन्डियाले यी फाइदाहरू मार्फत स्टार्टअपहरूलाई ह्यान्डहोल्ड गर्दछ।

कुनै पनि सरकारी कार्यक्रमलाई सफल बनाउन, ती कार्यक्रमहरूलाई उद्योगहरूको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

सौभाग्यवश भारतमा, उद्योगहरूले सरकारले लिने कुनै पनि नीतिलाई अत्यन्तै समर्थन गर्दछन्। जसले गर्दा हामीसँग यी स्टार्टअपहरूलाई समर्थन गर्ने साझेदारहरू ठूलो संख्यामा छन्।

हामीसँग संसारको सबैभन्दा ठूलो अनलाइन स्टार्टअप हब छ।  स्टार्टअप इन्डीया वेब पोर्टलमा लग इन गर्न साथ कुनै पनि स्टार्टअपको लागि अनगिन्ती अवसरहरूको ढोका खुला हुन्छ।  यो संसारको सबैभन्दा ठूलो भर्चुअल इन्क्युबेटर, एक्सेलेटर र मेन्टर हो। यसले भारतको स्टार्टअपसँग सम्बन्धित सबै सरकारी कार्यक्रमहरू र नीतिहरू पोस्ट गर्दछ। स्टार्टअप र उद्यमीहरूले सीधै देशको कुनै पनि भागबाट नियामक समर्थन, कोष, इन्क्युबेटरहरू र सल्लाहकारहरूको सहयोग तुरून्तै लिन सक्छन्। 

‍यो भारतीय स्टार्टअप इकोसिस्टमको सबैभन्दा ठूलो सञ्जालहरू मध्ये एक हो। हजारौं प्रमुख सरोकारवालाहरू जस्तैः स्टार्टअप, लगानीकर्ता, इन्क्यूबेटरहरूलाई एउटै प्लेटफर्ममा जोड्दै उनीहरूलाई एकअर्कालाई खोज्न र सहकार्य गर्न सहज बनाएको छ‍।

हामीले पछिल्ला केही वर्षहरूमा भारतमा स्टार्टअपहरूका लागि कोषका दुई ठूला स्रोतहरू सुरु गरेका छौं। १० हजार करोडको फण्ड अफ फण्ड  लेट-स्टेज स्टार्टअपहरूमा केन्द्रित छ। यो उद्योग सम्वर्द्धन तथा आन्तरिक व्यापार विभाग (डीपीआईआईटी) ले स्टार्टअप भारतीय लघु उद्योग विकास बैंक (सीडबी)द्वारा वैकल्पिक लगानी कोषमार्फत स्टार्टअपहरूले पाउनेछन्। यसबाट ६०४ वटा स्टार्टअपले फाइदा लिइसकेका छन्।

प्रारम्भिक चरण स्टार्टअपहरूमा केन्द्रित  ९४५ करोडको सीड फण्ड सीड फण्ड छ, जुन डीपीआईआईटी अन्तर्गत इन्क्युबेटरहरू (३०० इन्क्यूबेटर)मार्फत स्टार्टअपहरूले पाउँछन्। ३ हजार ६ सय  प्रारम्भिक-स्टेज स्टार्टअपहरूले यो सुविधाको लाभ लिइसकेका छन्।

यी दुवै पहलहरू, जसमध्ये एउटा विशेष रूपमा कोरोना महामारीमा गठन गरिएको थियो। यी पहलहरूबाट,  हजारौं स्टार्टअपहरू लाभान्वित भएका छन्।

भर्खरै १६ जनवरीमा, हामीले स्टार्टअप इन्डियाको सातौँ वार्षिकोत्सव मनायौं। हामीसँग ८९ हजार भन्दा बढी मान्यता प्राप्त स्टार्टअपहरू छन्। १०८ युनिकर्नहरूमा रूपान्तरण हुन सफल भएका छन्। लगानीकर्ताहरूको संख्या पनि नौ गुणाले र इन्क्युबेटर्ज पनि सात गुणाले बढेको छ। भारतमा ३२ स्टेट नीति बनेको छ। 

त्यसैगरी, यी मध्ये १० हजार स्टार्टअपहरूले कुनै न कुनै रूपमा सरकारबाट करमा छुट र अन्य सुविधा पाएका छन्। 

उद्योग र व्यवसायबीच साझेदारीको कुरा आउँदा सरकारले नियमन गर्ने, अवरोध गर्ने र सहजीकरणमा अवरोध गर्ने गरेको मानिन्छ। स्टार्टअपको सन्दर्भमा, भारतका प्रधानमन्त्री भन्छन् कि सरकारले खेल्न सक्ने सबैभन्दा राम्रो भूमिका उनीहरूको बाटोमा आउनु हुँदैन। र, भारत सरकारले त्यही गर्न खोजेको हो ।

सरकारले व्यापार गर्नका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार पहुँचलाई सहज र सरल बनाएको छ । हामीले स्टार्टअपका लागि न्यूनतम आवश्यकताहरू सहज बनाएका छौं।

त्यस कारण, प्रारम्भिक चरणका व्यवसायहरूमा, जब उनीहरू धेरै ठूला व्यवसायहरूसँग प्रतिस्पर्धा गर्दैछन्, आफूलाई फाइदामा पाउँछन्। हामीले सरकारी साझेदारी बनाएका छौं जुन सरकारले आफ्नै नेटवर्किङ स्रोतहरू मार्फत स्टार्टअपहरूमा लाभ उठाउँछ र पास गर्छ। 

हामीसँग अब १५ भन्दा बढी देशहरूमा अन्तर्राष्ट्रिय ब्रिजेजहरू छन्। यस मार्फत, हामी दुवै देशका स्टार्टअपहरूलाई एक अर्का देशको बजारमा पहुँच गर्न सक्छन्।

यो  नेपाल सरकारको लागि उत्तम तयार मोडेल र अभ्यासको रूपमा काम गर्न सक्छ। यसले नेपालका लागि साना व्यवसाय कसरी निर्माण गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको रूपमा काम गर्न सक्छ।

(काठमाडौंमा भएको नेपाल-भारत स्टार्टअप कनेक्ट कार्यक्रममा स्टार्टअप इन्डियाको लगानीतर्फका उपप्रबन्धक अनुभवकुमार दासको प्रस्तुतिको सम्पादित अंश)