मन्त्रालयको भागबन्डा टुंग्याउन उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने

बिजमाण्डू
२०७९ माघ २ गते १६:३४ | Jan 16, 2023
मन्त्रालयको भागबन्डा टुंग्याउन उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने


काठमाडौं। आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा सोमबार लामो छलफल भएपछि बैठक बोलाइएको हो।

Tata
GBIME
Nepal Life

आजै अपराह्न ५ बजेका लागि बैठक बोलाइएको हो। उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली हुन्।

प्रचण्डले बालकोटबाट फर्कने क्रममा आजै मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्ने बताएका थिए।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बाँकी रहेका कार्यसूचीमाथि गृहकार्य भएको बताएका छन्।

‘बाँकी रहेका जेजस्ता कार्यसूचीहरु छन् त्यसको गृहकार्य भएको छ,’ उनले भने।