तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै, बाँकी काम गर्न लाग्ने खर्च समेत असुलिने

बिजमाण्डू
२०७९ पुष २९ गते १५:०५ | Jan 13, 2023
तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै, बाँकी काम गर्न लाग्ने खर्च समेत असुलिने

काठमाडौं। सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।

Tata
GBIME
Nepal Life

कार्यालयले सात दिने सूचना निकालेर जेभीसहितका तीन कम्पनीलाई कालोसूचीमा राख्न लागिएको जनाएको छ। ‘निर्माण कार्य सम्पन्न गर्ने सम्बन्धी ७  दिने सूचना पठाउदा समेत यस कार्यालयमा आवश्यक विवरणसहित सम्पर्कमा नआउनु भएकाले ठेक्का तोडि, यो सूचना प्रकाशित भएको छ,’ सूचनामा भनिएको छ,’सात दिनपश्चात स्थानीय तहका प्रतिनिधि, सरोकारवाला र निर्माण व्यवसायीको प्रतिनिधि रोहबरमा भएको कामको बाँकी मूल्यांकन गरिनेछ।’

देवीगाउँ सिरान, लेदुवाखोला पुल(सुनसरी) को निर्माण जिम्मा पाएको वल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो।

मदाह खोला पुल (मोरङ) र खदम खोला पुल (मोरङ) को जिम्मा पाएको देव एण्ड सयर/भुमी/हिमालयन जेभी र महेन्द्रनगर बांगे-कालान्जार-भलुवाचौरीदेखि धरान सडक (सुनसरी)को ठेक्का पाएको लुम्बिनी/गजुरमुखी जेभीसँग सम्झौता तोडेर कालोसूचीमा राख्न लागिएको हो। तीनवटै कम्पनीले सम्झौता अनुसार काम गर्न सकेका छैनन्।

सार्वजनिक खरिद ऐन र नियमावली अनुसार कालोसूचीमा राख्ने र बाँकी काम गर्न लाग्ने खर्च समेत सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ।