साधना लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाक्यो, सवा ६ करोडले चुक्ता पुँजी बढ्दै



बिजमाण्डू
२०७९ पुष १० गते १०:३३ | Dec 25, 2022
साधना लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाक्यो, सवा ६ करोडले चुक्ता पुँजी बढ्दै

काठमाडौं। साधना लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। सभा पुस ३० गते गोरखामा बस्ने जनाएको छ। सभाले लाभांश बाहेक अन्य नियमित एजेन्डा पारित गर्दैछ। गत आर्थिक वर्षका लागि लघुवित्तले २० प्रतिशत लाभांश दिने प्रस्ताव बारे सभाले छलफल गर्नेछ। 

Tata
GBIME
Zonsen

लघुवित्तले गत आवको नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्ने बताएको हो। ६ करोड १० लाख रुपैयाँले चुक्ता पुँजी बढ्दैछ। प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनस सेयर हो। 

बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ। अहिले साधना लघुवित्तको चुक्ता पुँजी ३२ करोड १२ लाख रुपैयाँ छ।

उपयुक्त संस्था भेटिएमा मर्जर सम्बन्धि कार्य गर्न सभाले सञ्चालक समितिलाई अधिकार दिँदैछ। लाभांश र साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने जनाएको छ।