सुन तोलामा २ सय रुपैयाँ बढ्यो, बुधबार प्रतितोला ९७ हजार ६ सय, चाँदीमा पनि सामान्य वृद्धि

बिजमाण्डू
२०७९ मंसिर १४ गते ११:५४ | Nov 30, 2022
सुन तोलामा २ सय रुपैयाँ बढ्यो, बुधबार प्रतितोला ९७ हजार ६ सय, चाँदीमा पनि सामान्य वृद्धि


काठमाडौं। मंगलबार  घटेको सुनको मूल्यमा बुधबार सामान्य बढोत्तरी छ। नेपाल सुनचाँदी व्यवासयि महासंघका अनुसार सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँ बढेको हो। मंगलबार सुन एक सय रुपैयाँ घट्दा प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। बुधबारका लागि कारोबार मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा स्थिर थियो।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा पुनः उतारचढाव छ। बुधबार सुन प्रतिऔंस १७५३.१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१.२५ डलर छ ।