स्प्रेड घट्ने घोषणाले नतिजा दिन समय लाग्ने भएकाले बजारले सकारात्मक रुपमा लिएन मौद्रिक समिक्षा

बिजमाण्डू
२०७९ मंसिर १३ गते १५:२२ | Nov 29, 2022
स्प्रेड घट्ने घोषणाले नतिजा दिन समय लाग्ने भएकाले बजारले सकारात्मक रुपमा लिएन मौद्रिक समिक्षा

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक समिक्षा सार्वजनिक गरेको दोस्रो दिन सेयर बजार हरियो भएर बन्द भएको छ। तर बजारमा लगानीकर्ताको सकृयता भने देखिँदैन।

Tata
GBIME
Nepal Life

ब्याज दरलाई बढ्न नदिन बैंकहरुको स्प्रेड दर घटाउन लगाउँदा समेत लगानीकर्ताको सकृयता बाक्लो छैन। 

अघिल्लो दिनको दोहोरो अंकको गिरावटलाई ब्रेक लगाउँदै बजार मंगलबार सामान्य अंकले बढेको हो। २.९९ अंकले बढ्दा १९५३.३५ को विन्दुमा परिसूचक कायम छ। बाह्य क्षेत्रको सुधारलाई उच्च अंकको वृद्धिले स्वागत गरेको सेयर बजारले मौद्रिक समीक्षालाई भने सकारात्मक रुपमा लिएको देखिँदैन। 

स्प्रेड घटाउने घोषणा भएपनि त्यो तत्कालै कार्यान्वयन भएर नतिजा नआउने भएकाले पनि लगानीकर्ता निश्चिन्त भएर लगानी गर्न नसकेको जानकारहरु बताउँछन्।

'प्रिमियम कम होल आधार दर तत्काललाई घट्दैन। अर्कोपट्टी चालु पुँजी कर्जा पुनरावलोकन हुन्छभन्दा पनि निजी क्षेत्रको मनोबल कमजोर नै छ,' एक जानकरले भने।

निजी क्षेत्रबाट सेयर बजारमा लगानीको ठूलो परिमाण भित्रिने गरेको छ। तर सेयर बजार अनुकूल वातावरण नबन्दा उनीहरुको उपस्थिति बजारमा निकै कम छ। संस्थागत लगानीकर्ता पनि ट्रम बेस्ड डिपोजिटमा तर्फ केन्द्रित छन्। उनीहरु भगथेग पनि बजारले लगातार गुमाएको छ।

यस दौरान सिडी रेसियोमा सुधार हुँदै गएको छ। प्रणालीमा तरलता बढ्दै गएको संकेत देखिएको हो। तर कर्जाको उपलब्धिता बढ्दा पनि बजार सकारात्मक हुन समय लगाएको छ। 

निर्वाचन सकिएको छ। र सरकार स्थायित्वमा अघि बढ्ने क्रममा छ। आर्थिक परिदृश्यलाई प्रमुख रुपमा निर्माण हुने नेतृत्वले लिने निश्चित छ। तैपनी बजारमा उत्साह नफर्किँदा लगानीकर्ता निराश भएका छन्।

समीक्षाबाटै ठोस निर्णयको अपेक्षा गरेका लगानीकर्ताले आशाअनुसारको परिणाम नपाउँदा बजार सेलाएको बजारका सक्रियहरु बताउँछन्।    

लाभांश सिजन हुँदा मात्र सर्वसाधरण लगानीकर्ताको कारोबारले सेयर बजारलाई टेवा दिएको ति लगानीकर्ताको बुझाइ छ।

'यो पनि नहुने हो भने कारोबार स्वात्तै ड्राइ हुन समय लाग्दैन,' उनले भने।

धेरैपछि रोक्का रहेको कम्पनीहरुको कारोबार पनि खुल्दा बजारमा सप्लाई अत्याधिक भएको र आपूर्तिको अनुपातले मूल्य समायोजन भएको उनले बताए। अत्याधिक फ्लोट भएका बैंकहरुको कारोबार लगातार खुल्दा समग्र बजारको आपूर्ति बढेको छ।