महिन्द्रा एसयुभी सेग्मेन्टको इलेक्ट्रिक गाडी ‘एक्सयूभी ४००’ तीन वटा भेरियन्टमा उपलब्ध हुने

बिजमाण्डू
२०७९ मंसिर १३ गते १४:२४ | Nov 29, 2022

काठमाडौं। महिन्द्राको एसयुभी सेग्मेन्टको पहिलो इलेक्ट्रिक गाडी तीन वटा भेरियन्टमा उपलब्ध हुने भएको छ। कम्पनीले एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभी ‘वेस, इपी र इएल’ गरी तीन भेरियन्टमा बजारमा ल्याउने जनाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार टप इएल भेरियन्टमा ७ इन्चको टच स्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, महिन्द्राको एड्रियानो एक्स सफ्टवेयर, सिंगल पिस सनरुफ, कनेक्ट कार टेक्नोलोजी, ६ वटा एयरब्याग, चारवटै चक्कामा डिस्क ब्रेक लगायतका फिचर उपलब्ध हुनेछ।

एक्सयूभी ४०० मात्र ८.३ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्ने कम्पनीको दावी छ। यसको टप स्पीड १५० किलोमिटर प्रतिघण्टा छ।

यसमा ३९.४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ। यसमा भएको ब्याट्री प्याकलाई एक पटकको फुल चार्जमा ४५६ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यो रेन्जलाई एआरएआईले प्रमाणित गरेको छ।

यो इलेक्ट्रिक एसयुभीमा फ्रन्ट ह्‍वील ड्राइभ सिंगल मोटर ११४ किलोवाट क्षमताको उपलब्ध हुनेछ। यसले ३१० एनएम टर्क उत्पादन गर्छ।  सेफ्टी फिचरमा महिन्द्रा एक्सयूभी ४०० उत्कृष्ट रहेको छ।

यो गाडी फाष्ट चार्जरबाट ५० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। आफ्नै घरमा चार्ज गर्न ३.३ किलोवाटको होम चार्जर आवश्यक पर्छ। यसबाट चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ। त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ।

आगामी जनवरीबाट महिन्द्राले यो बिक्री वितरण सुरु गर्ने तयारी कम्पनीको छ।