एसियन लाइफको ३६ लाख ८२ हजार कित्ता बोनस सेयर दोस्रो बजार कारोबारका लागि नेप्सेमा सूचीकृत

बिजमाण्डू
२०७९ मंसिर १२ गते १४:१० | Nov 28, 2022
एसियन लाइफको ३६ लाख ८२ हजार कित्ता बोनस सेयर दोस्रो बजार कारोबारका लागि नेप्सेमा सूचीकृत

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर दोस्रो बजार कारोबारका लागि सूचीकृत भएको छ। १४.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सूचीकृत भएको हो।

Tata
GBIME
Nepal Life

नेप्सेका अनुसार कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। सूचीकृत बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्ने मिल्ने छ।

कम्पनीले उक्त बोनस सेयर असोज १३ गते सम्पन्न १४ औं वार्षिक साधारणसभाबाट पारित गरेको थियो। कम्पनीले चुक्ता पुँजी २ अर्ब ५३ करोडको १४.५० प्रतिशत बोनस सेयर वितरण गरेको हो। बोनस सेयर वितरण पश्चात हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड पुगेको छ।

कम्पनीले लाभांश प्रयोजनका लागि गत असोज ४ गते बुक क्लोज मिति तोकेको थियो। तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीको डिम्याट खातामा मात्र उक्त बोनस सेयर जम्मा हुनेछ।