गतवर्ष १५ करोड ६५ लाख लिटर बियर खपत, ३१ अर्ब उठ्यो राजस्व, चुरोट र बिँडीबाट साढे २४ अर्ब

बिजमाण्डू
२०७९ मंसिर १२ गते १३:५३ | Nov 28, 2022
गतवर्ष १५ करोड ६५ लाख लिटर बियर खपत, ३१ अर्ब उठ्यो राजस्व, चुरोट र बिँडीबाट साढे २४ अर्ब


काठमाडौं। गत आर्थिक वर्ष २०७८/७९ मा १५ करोड ६५ लाख लिटर बियर खपत भएको छ। स्वदेशी र विदेशी गरी सो बराबरको बियर नेपाली बजारमा खपत भएको हो।

Tata
GBIME
Nepal Life

बियर खपतबाट सरकारले ३१ अर्ब राजस्व संकलन गरेको छ। सबैखाले बियरमा एकल दरमा अन्त:शुल्क असुल गर्दै आएको छ। गतवर्ष सरकारले प्रतिलिटर १ सय ९८ रुपैयाँ असुल गरेको थियो।

यस्तै चुरोट र बिँडीबाट गतवर्ष २४ अर्ब ५६ करोड राजस्व उठेको छ। मदिराबाट ३० अर्ब ४१ लाख राजस्व उठेको छ। अन्य औद्योगिक उत्पादनबाट १७ अर्ब राजस्व उठेको छ।

अन्त:शुल्क शीर्षकमा मात्रै सरकारले गतवर्ष १ खर्ब ३ अर्ब राजस्व उठाएको छ।