अमेरिकामा ‘ब्ल्याक फ्राइडे सेल्स’मा ९ अर्ब डलरको कारोबार, स्मार्टफोन सबैभन्दा धेरै बिक्यो

बिजमाण्डू
२०७९ मंसिर १२ गते ०९:३७ | Nov 28, 2022

काठमाडौं। अमेरिकामा हरेक वर्ष हुने 'ब्ल्याक फ्राइडे' अनलाइन सेल्समा ९ अर्ब डलर बराबरको कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

हाल विश्व बजारमा भइरहेको उच्च मुद्रास्फीतिको बावजुद अमेरिकामा हरेक वर्ष हुने ब्ल्याक फ्राइडे अनलाइन सेल्समा ९ अर्ब डलर बराबरको कारोबार भएको बताइएको छ।

एक रिपोर्टका अनुसार अमेरिकी पसलहरूले ब्ल्याक फ्राइडे अनलाइन सेल्समा ९.१२ अर्ब डलर सपिङमा खर्च गरेका छन्। उक्त रिपोर्टले उपभोक्ताहरूले उच्च मुद्रास्फीतिबाट बच्न यो दिन पाएको ठूलो छुटमा स्मार्टफोनदेखि खेलौनासम्म खरिद गरेको जनाएको छ।

अमेरिकीहरूले  यस वर्ष सबैभन्दा धेरै ४८ प्रतिशत स्मार्टफोन खरिद गरेको तथ्यांक छ। 

एडोब इंकको डाटा र इनसाइट्स शाखा एडोब एनालाइटिक्सका अनुसार यो वर्षको ब्ल्याक फ्राइडे अनलाइन सेल्सको कारोबार २.३ प्रतिशतले बढेको छ।

एडोब एनालिटिक्स जसले वेबसाइटहरूमा लेनदेनहरू विश्लेषण गरेर ई-कमर्स मापन गर्दछ। विगत दुई वर्षमा महामारीले इन-स्टोर किनमेलमा कमी आएपछि उपभोक्ताहरू पसलहरूमा आउने अपेक्षा गरिएको थियो। तर ब्ल्याक फ्राइडे अनलाइन सेल्समा भने त्यस्तो देखिएन।