निर्वाचन सकिएलगत्तै बीमा प्राधिकरणले दियो लघु बीमाको लाइसेन्स, ७ वटा कम्पनीमा कुन-कुन हुन?

बिजमाण्डू
२०७९ मंसिर ११ गते १७:५८ | Nov 27, 2022
निर्वाचन सकिएलगत्तै बीमा प्राधिकरणले दियो लघु बीमाको लाइसेन्स, ७ वटा कम्पनीमा कुन-कुन हुन?

काठमाडौं। नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको छ। निर्वाचन सकिएलगत्तै प्राधिकरणले लघु बीमाको लाइसेन्स दिएको हो।

Tata
GBIME
Nepal Life

प्राधिकरणले जीवन बीमातर्फ ३ र निर्जीवन बीमातर्फ ४ वटालाई लाइसेन् दिएको छ। प्राधिकरणका अनुसार लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सले लाइसेन्स पाएका छन्।

निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लाइसेन्स पाएका हुन्। लघु बीमाका लागि ३१ वटा कम्पनीले आवेदन दिएका थिए।

प्राधिकरणका अनुसार १५ वटा जीवन र १६ वटा निर्जीवन लघु बीमा कम्पनीले आवेदन दिएका छन्। समितिले लघु बीमालाई ७० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ।

जीवनतर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका थिए।

निर्जीवन तर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा, केयर माइक्रो जनरल इन्स्योरेन्स,स्टार माइक्रो, गण्डकी माइक्रो, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्सप्रेसको आवेदन परेको थियो।