सामसङको विश्वकपलक्षित ‘एक्सपेरियन्स द एक्साइटमेन्ट’ अफर, टिभी किन्दा ३०% सम्म क्यासब्याक

बिजमाण्डू
२०७९ मंसिर ११ गते १३:१८ | Nov 27, 2022
सामसङको विश्वकपलक्षित ‘एक्सपेरियन्स द एक्साइटमेन्ट’ अफर, टिभी किन्दा ३०% सम्म क्यासब्याक


काठमाडौं। सामसङले आफ्ना टेलिभिजन सेटहरुको खरिदमा विश्वकप लक्षित बिभिन्न अफरहरु ल्याएको छ। 

Tata
GBIME
Nepal Life

सामसङका टेलिभिजन सेट किन्दा उपभोक्ताले ३० प्रतिशतसम्म क्यासब्याक तथा साउन्डबार सित्तैमा दिने जनाएको छ। 

कम्पनीका अनुसार सामसङका क्युएलईडी प्रिमियम युएचडि टेलिभिजनको खरिदमा साउन्डबार सित्तैमा पाइनेछ। यसैगरी उक्त टेलिभिजनको खरिदमा ३० प्रतिशतसम्म क्यास ब्याक पाइने पनि कम्पनीले जानकारी दिएको छ।

सामसङको क्रिस्टल फोर के युएचडि टेलिभिजनहरुको फोर के एचडि डिस्प्ले 'लाइफ लाइक बिलियन ट्रु कलर्स'का लागि परिचित छ।कम्पनीको ७५ इन्च वा सो भन्दा माथिको क्रिस्टल फोर के युएचडि टेलिभिजन किन्दा छुटका साथै साउन्डबार सित्तैमा दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सामसङ टेलिभिजनको उत्कृष्ट पिक्चर क्वालिटी रहेको र यसले  उत्कृष्ट दृश्य र विश्वस्तरीय साउण्ड अनुभव दिने छ। सामसङ टेलिभिजन किन्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी तथा डिस्काउन्ट भौचरहरु पनि कम्पनीले उपलब्ध गराउने बताइएको छ।

यसका साथै पुरानो टेलिभिजन सेटमा साट्ने  सुविधा पनि कम्पनीले दिएको छ। हिम इलेक्ट्रोनिक्स अन्तर्गतका समसङ प्लाजाहरुले दिएको सुविधा अनुसार  आर्कस्टोर डट कम मार्फत यी टेलिभिजन सेटहरु साट्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।

सामसङका प्रिमियम स्तरका टिभी सेटहरु शतप्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युममा उपलब्ध हुने बताइएको छ। सामसङका टिभीमा एक वर्षको वारेन्टीका साथै प्यानलहरुमा पनि थप एक वर्षको वारेन्टी पाइने कम्पनीले जनाएको छ।

'एक्सपेरियन्स द एक्साइटमेन्ट' अफर ३१ डिसेम्बरसम्म मात्र मान्य हुने छ।