अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा स्थिर, चाँदीमा झिनो गिरावट

बिजमाण्डू
२०७९ मंसिर ९ गते ११:०७ | Nov 25, 2022
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा स्थिर, चाँदीमा झिनो गिरावट


काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्थानीय बजारमा अघिल्लो दिनको मूल्य  प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम छ।

Tata
GBIME
Nepal Life

 बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढ्दै प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य शुक्रवार तोलामा ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढ्दै प्रतितोला १३ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतिऔंस १७५८.३५ डलर र चाँदी प्रतिऔंस २१.४३ डलरमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतिऔंस १३८४.१४ डलर र चाँदी २१.२५ डलरमा थियो।