सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, सोमबार प्रतितोला ९७ हजार ५ सय, चाँदी पनि घट्यो

बिजमाण्डू
२०७९ मंसिर ५ गते ११:०९ | Nov 21, 2022
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, सोमबार प्रतितोला ९७ हजार ५ सय, चाँदी पनि घट्यो


काठमाडौं। गत साता लगातार बढ्दै गएको सुनको मूल्य पुन :घटेको छ। साताको दोस्रो दिन सुन तोलामा ६ सय रुपैयाँ घट्दै बजार मूल्य प्रतितोला ९७  हजार ५ सय रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवार एक सय रुपैयाँ बढ्दा प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको पनि कारोबार मूल्य घटेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँले  घटेर  प्रतितोला १२ सय ६५ रुपैयाँ कायम  भएको छ।

गत शुक्रवार ५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७४६.१५ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २०.७६ डलर छ ।