साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी तोलामा १० रुपैयाँ घट्यो

बिजमाण्डू
२०७९ मंसिर २ गते ११:१५ | Nov 18, 2022
साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी तोलामा १० रुपैयाँ घट्यो


काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबारका तुलनामा सुन तोलामा एक सय रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य शुक्रवार तोलामा ५ रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ। 

बिहीबार पनि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँ  थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहेको छ। शुक्रवार प्रतिऔंस  १७६२.८८ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २१.०८ डलर  छ। बिहीबार सुन प्रतिऔंस १७६२.९७ डलर र चाँदी २१.१४ डलर थियो।