कोकाकोला नेपाल र सन्तोष शाहको दसैंलाई विशेष रेसिपी, बोतलको लेबल स्क्यान गरेर हेर्नुस् रेसिपी

बिजमाण्डू
२०७९ असोज १४ गते ०९:११ | Sep 30, 2022
कोकाकोला नेपाल र सन्तोष शाहको दसैंलाई विशेष रेसिपी, बोतलको लेबल स्क्यान गरेर हेर्नुस् रेसिपी

काठमाडौं। नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोकाकोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ। 

Tata
GBIME
Nepal Life

दसैंमा खाइने विशेष परिकारहरु खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा, सेल रोटी र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ। सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंको लागि अत्यन्तै उपयुक्त हुने कोकाकोलाले जनाएको छ। 

कोकाकोला बोतलको लेबलमा भएको क्यूआरकोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिने बताइएको छ। कोकाकोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसका साथै उपभोक्ताहरुले आफूले बनाएको परिकारको भिडियो कोकाकोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्ने छन्। यसरी भिडियो राख्नेमध्ये ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन कोकाकोलाले जनाएको छ।

‘दसैंको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ। यो वर्ष मैले कोकाकोलासँग मिलेर दसैंमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँहरुलाई दिँदैछु। यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु,’ सेफ सन्तोष शाहले भने, ‘आशा छ, यहाँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला।’

यस्तै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ। त्यसैले वहाँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैं विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौं। हामीलाई आशा छ वहाँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोकाकोलासँग स्वाद लिनुहुनेछ।’ 

कोकाकोलाले यो वर्षको आफ्नो दसैं क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको छ। ‘सम्बन्ध उत्सव स्वादसँग’ थिम राखिएको यो क्याम्पेनले दसैंको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिबिम्बित गरेको कोकाकोलाले जनाएको छ।