दसैंका लागि ल्याइएका खसीबोकादेखि च्याङ्ग्रासम्म किन्न पुगे उपभोक्ता, यस्तो छ माहोल

बिजमाण्डू
२०७९ असोज १२ गते १२:१५ | Sep 28, 2022

काठमाडौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसी बोका र च्याङ्ग्रा ल्याएर बुधबारबाट बिक्री सुरु गरेको छ। मूल्य मंगलबार नै तोकिएको छ।

Tata
GBIME
Nepal Life

जिउँदो खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकेको छ। त्यस्तै च्याङ्ग्राको मूल्य प्रति केजी १२ सय ६० रुपैयाँ राखिएको छ। हाल कायम मूल्यमा उपभोक्ताले प्रतिकेजी १० रुपैयाँ छुट पाउने छन्।

कम्पनीले य‍सअघि दसैंमा करिब २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा बेच्ने योजना बनाएको थियो। तर, अब ६ सय च्याङ्ग्रा र १८ सय  खसीबोका मात्रै बेच्ने श्रीमणि खनालले जानकारी दिए। 

यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो।