नेपाली बजारमा सुपर शोको इलेक्ट्रिक बाइक, जसको मूल्य सुरु हुन्छ ३ लाख ७९ हजारदेखि

बिजमाण्डू
२०७९ असोज १२ गते १०:५० | Sep 28, 2022

काठमाडौं। गत साता भएको नाडा इभी एक्स्पोमा दुई पांग्रे सवारी अवलोकन गरिरहेका धेरैलाई आकर्षित गरेको थियो सुपर शोको टीएस स्ट्रीट हन्टर बाइकले। 

Tata
GBIME
Nepal Life

बिक्रेता कम्पनी डी लाइफ स्टाइलले उक्त इलेक्ट्रिक बाइक एक्स्पोबाटै नेपाली बजारमा ल्याएको हो। कम्पनीले बिक्री तथा बुकिङ सुरुवात गरेको छ। यो मोटरसाइकलको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ छ। डबल ब्याट्री अप्सनको मूल्य भने ४ लाख ७८ हजार ९०० रुपैयाँ छ।

उक्त एक्स्पोमा कम्पनीले २१ वटा बाइकको बुकिङ तथा ६ वटा स्कुटरको बिक्री गरेको जनाएको छ। सुपर शोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी डी लाइफ स्टाइलले टीएस स्ट्रीट हन्टरका लागि राम्रो प्रतिक्रियाहरु आएको जनाएको छ।

इलेक्ट्रिक बाइकमा यो नयाँ मोडलमा आकर्षक एलइडी डीआरएलसहितको हेडल्याम्प, ठूलो बुट स्पेस दिइएको छ। यसमा रहेको सिट पनि आरामदयी छ। यसमा कम्पनीले १७ इन्चको वाइडर टायर दिएको छ भने दुवै चक्कामा डिस्क ब्रेक उपलब्ध छ।

यस्तै अन्य विशेषताहरुमा सुपर शोकोले यसमा स्मार्ट रिमोट कि तथा एन्टि-थेफ्ट अलार्म, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ। साथै यसमा ३.५ किलोवाटको मोटर रहेको छ भने दुई वटा ब्याट्री विकल्प पनि दिइएको छ।

कम्पनीका अनुसार सिंगल मात्रै ब्याट्रीले १०० किलोमिटर र डबल ब्याट्रीको क्षमताले २०० किलोमिटर दुरी पार गर्न सकिन्छ। यसमा १८४ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र यो मोटरसाइकलको टप स्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा छ।