राजस्व सचिव दंगालले गरे पदभार ग्रहण, अर्थमन्त्रालयका क्याडर दंगालसँग अख्तियारको पनि अनुभव

बिजमाण्डू
२०७९ भदौ २ गते १०:२३ | Aug 18, 2022
राजस्व सचिव दंगालले गरे पदभार ग्रहण, अर्थमन्त्रालयका क्याडर दंगालसँग अख्तियारको पनि अनुभव

काठमाडौं। कृष्णहरि पुष्कर अर्थसचिवमा नियुक्त भएपछि राजस्व सचिव भएका रामेश्वर दंगालले बिहीबार पदभार ग्रहण गरेका छन्।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद् बैठकले गत हप्ता दंगाललाई राजस्व सचिवको जिम्मा दिएको थियो। मुख्य सचिव शंकरदास बैरागी बिरामी हुँदा एक हप्ता ढिलो गरि मात्रै सचिव दंगालले पत्र पाएका थिए। दंगाल राजस्वकै क्याडर हुन्।

उनी यस क्षेत्रलाई राम्रोसँग बुझेका प्रशासक समेत मानिन्छन्। द‌ंगाल गत पुसमा मात्र सचिवमा बढुवा भएका हुन्। अर्थमन्त्रीमा जनार्दन शर्मा आएपछि मन्‍त्रालयका अन्य थुप्रै प्रशासकहरु सरुवामा पर्दा उनी भने अर्थकै क्याडर र यस मन्त्रालयलाई राम्रोसँग बुझेको भएकाले पनि जोगिएका थिए।

दंगाल सहसचिवका रुपमा अख्तियार दुरुपयोग अनुसन्धानमा समेत थिए। उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समयमा पुन: मन्त्रालयमा आएका थिए।