नेपाल इन्स्योरेन्सले साढे २१ लाख कित्ता सेयर बिक्री गर्ने, न्युनतम ३२५ रुपैयाँ राखेर आवेदन माग

बिजमाण्डू
२०७९ भदौ २ गते ०९:०५ | Aug 18, 2022

काठमाडौं। नेपाल इन्स्योरेन्सले संस्थापकतर्फको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर इन्स्योरेन्सले शिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो। 

Tata
GBIME
Nepal Life

इच्छुक संस्था वा व्यक्ति जो कोहीले बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।  

सेयरको न्युनतम मूल्य इन्स्योरेन्सले ३२५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम एक सय कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सले भदौ ८ देखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्नेछ। बोलकबोलमा भदौ २२ गतेसम्म आवेदन पेस गर्न सकिनेछ। बोलपत्र फाराम इन्स्योरेन्सको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट प्राप्त गर्न सकिनेछ