स्टार्टअप रियालिटी शो ‘मिट द ड्रेपर्स’ पाँचौं सिजनको साथ उपस्थित, नयाँ आइडिया ‘पिच’ 

बिजमाण्डू
२०७९ भदौ २ गते ०८:५३ | Aug 18, 2022
स्टार्टअप रियालिटी शो ‘मिट द ड्रेपर्स’ पाँचौं सिजनको साथ उपस्थित, नयाँ आइडिया ‘पिच’ 

काठमाडौं। चार सफल सिजनपछि स्टार्टअप रियालिटी शो 'मिट द ड्रेपर्स' पाँचौं सिजनको साथ विहीबारबाट प्रशारण हुनेछ। कार्यक्रममा विश्वभरका उद्यमीहरूले  आ-आफ्नो बिजनेस आइडिया प्रख्यात डलर अर्बपति तथा लगानीकर्ता टिम ड्रेपर र ड्रेपर परिवार- बिल ड्रेप्र तथा पोली ड्रेपर समक्ष प्रस्तुत गर्ने छन्।

Tata
GBIME
Nepal Life

यसै शोबाट उनीहरूले अर्को बिलियन डलर आइडियाको लागि विश्वव्यापी खोज सुरु गरेका छन्।

यस मिट द ड्रेपर शोको पाँचौँ  सिजनमा सहभागी हुन विश्वभरका  हजारौँ स्टार्टअपहरू बीच प्रतिस्पर्धा भएको थियो। जसमध्ये जम्मा ३५ स्टार्टअपहरू आफ्नो बिजनेस आइडिया ड्रेपरहरू तथा प्रत्यक्षदर्शी समक्ष 'पिच' गर्न छनोट भएका छन्। 

सिजन ५ मा, दर्शक र निर्णायकहरूले सेमिफाइनलमा पुग्नका लागि ३५ विभिन्न स्टार्टअपहरूबाट पिचहरू सुन्नेछन्। पिच च्यालेन्जमा भाग लिनेमध्ये शीर्ष तीनलाई फाइनलमा जानका लागि निर्णायकहरूले चयन गर्नेछन्।

स्टार्टअपहरू भारत, ताइवान, पोर्चुगल, ब्राजिल, सिंगापुर, क्यानडा र संयुक्त राज्य अमेरिकालगायत विश्वभरका प्रमुख देशहरूमा आयोजना गरिएका प्रि-पिच कार्यक्रमहरूबाट छनोट गरिएका हुन्।

पिचिङ राउण्डबाट सेमीफाइनल राउण्डमा पुग्ने स्टार्टअपहरू टिम ड्रेपत र ड्रेपर परिवारबाट १० लाख अमेरिकी डलर लगानी जित्न भिड्ने छन्। उक्त शोमा टिम ड्रेपर र ड्रेपर परिवारलाई हरेक हप्ता एक विशेष अतिथि निर्णायकले जोइन गर्ने छन्। 

सारिका बत्राबाट निर्मित र निर्देशन हुने यस सिजनमा प्रत्येक हप्ता विश्वभरका विभिन्न क्षेत्रहरूबाट आएका चारवटा स्टार्टअपहरूलाई हाइलाइट गर्नेछ। 

‘सिजन ५ मार्फत हामीले विश्वभरबाट केही होनहार युवा उद्यमीहरूको उद्यमशीलता यात्रा प्रदर्शन गर्दैछौँ र मलाई आशा छ कि मिट द ड्रेपर्सले मानिसहरूलाई आफ्नै कम्पनीहरू सुरु गर्न र अगाडि बढाउन प्रेरित गर्न सिकाउनेछ,’ ड्रेपर एसोसियस्टका संस्थापक टिम ड्रेपर भन्छन्। टिमले बैडु, हटमेल, स्काइप, टेस्ला, स्पेस-एक्स, ट्वीटर र कोइनबेस लगायतका कम्पनीहरूमा लगानी गरेका छन्।

मिट द ड्रेपर्स शृंखलामा अहिलेसम्म १०० भन्दा बढी स्टार्टअपहरू फिचर भइसकेका छन् भने टिम ड्रेपरबाट ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी उठाइ सकेका छन् । यो शो साप्ताहिक रूपमा टाइम्स नाउ र भारतमा इटि नाउ, प्यान-एसियामा टेकस्टोर्म, ब्राजिलमा रेकर्ड टिभी, र अमेरिकामा ड्रेपर टिभीमा प्रशारण हुन्छ।

'मिट द ड्रेपर्सले विश्वभरका दर्शकहरूलाई उद्यमशीलता र भेन्चर क्यापिटलको बारेमा सिकाउनुको साथै मनोरञ्जन गर्ने अनौठो अवसर दिन्छ। हामीलाई पिच गर्ने उद्यमीहरू अद्वितीय र असाधारण छन्, र हाम्रो शोले उनीहरूलाई विश्वव्यापी स्टेज प्रदान गरेको छ जसबाट उनीहरूमध्ये धेरैले लगानी पनि प्राप्त गरेका छन् जसले उनीहरूको सेल्समा पनि ठुलो वृद्धि आएको छ,’ ड्रेपर थप्छन्।

पछिल्लो सिजनमा लगानीकर्ता र उद्यमी, रान्डी जुकरबर्ग, हटमेलका संस्थापक सबीर भाटिया, प्रारम्भिक चरणको युरोप-आधारित भिसि फर्म क्यापिटलकी संस्थापक इभा डे मोल, स्कट म्याकनेली, पिटर डायमान्डिस, र ड्रेपर एसोसिएट्सका पार्टनर एन्ड्रयू ताङ लगायतक हस्तीहरू प्रत्येक एपिसोडमा अतिथि निर्णायकहरूको रूपमा जोडिएका थिए।

दर्शकहरूले पनि मिट द ड्रेपर्स डट कम वेवसाइटमा गएर आफ्नो मनपर्ने उद्यमीलाई भोट गर्ने मौका पाउनेछन्। सबैभन्दा धेरै भोट प्राप्त गर्ने शीर्ष तीन स्टार्टअपहरू फाइनलमा फिचर हुनेछन्। यस शोको विजेताले टिम ड्रेपरबाट १० लाख डलर लगानी प्राप्त गर्नुका साथै  ड्रेपरको स्टार्टअप नेटवर्कमा पहुँच हुनेछ, जुन रियलिटी टेलिभिजनमा गरिएको सबैभन्दा ठूलो एकल लगानी मध्ये एक हुनेछ। दोस्रो र तेस्रो स्थानको स्टार्टअपहरूले क्रमशः पाँच लाख डलर र २,५०,००० डलर लगानी प्राप्त गर्नेछन्।